टपलेस युवतीले कपाल काट्ने अनौठो सैलुन, (फोटो सहित) रोमान्टिक जानकारी
#


छुट्टीको दिन बिहानै कपाल सैलुनमा गएर केहीबेर पालो कुर्दै पत्रिका पढ्ने, भित्तामा टाँसिएका हिरोइनका तस्वीर हेर्ने, विभिन्न हिरोका हेयर स्टाइल हेर्दै चुक्चुकिने, रेडियोमा बजेको कुनै चटपटे हिन्दी गित सुन्दै पैताला जमिनमा ठोकिरहने, सायद यो अनुभुति धेरै पुरुष मित्रहरुले गर्नुभएको छ होला । सुन्दर कपाल बनाउने लालसाका कारण सैलुनको त्यो पर्खाइ हामीलाई प्रिय लाग्छ र त्यतिबेलाको पत्रिका, भित्ताका तस्वीर, रेडियोको गीत सबै प्रिय लाग्छन् । त्यसपछि हाम्रो टाउकोमा हात र कैँची घुमाउने हेयर ड्रेसरले मुन्टो बटारिदिएपनि हामीलाई कुनै पीडा हुँदैन, अर्थात् सहिन्छ ।
आखिर सैलुनमा त्यस्तो कुनै चिज हुँदैन र त हामीलाई रमाइलो लाग्छ भने यदि त्यहाँ कुनै बेग्लै सुन्दर चिज हुँदो हो त कस्तो हुँदोहो ? सायद यहीँ कुराको जवाफ दिनेगरी अस्टि्रयामा एउटा बेजोडको कपाल काट्ने सैलुन खुलेको छ जहाँ कुनै दह्रा हातवाला पुरुषले टाउको बटार्दिर्नेछैन । टपलेस सुन्दरीहरुले कोमल हातले र्स्पर्श गर्दै पुरुष मित्रहरुको दाह्री कपाल मिलाइदिनेछन् ।

यो सैलुनकी मालिकनी बोजटिक भेसिलेबस्कीले सैलुनमा ४ जना सुन्दरी महिला कर्मचारी राखेकी छिन् । ती महिला हेयर ड्रेसरहरुले निकै सेक्सी पारामा अर्धनग्न भएर पुरुष ग्राहकको कपाल काटिदिन्छन् ।


यो सैलुनमा कपाल काट्न आउने तन्नेरीहरुको ताँती नै लाग्ने गरेको छ । लामो समयसम्म पालो कुरेरै भएपनि तन्नेरीहरु टपलेस युवतीको र्स्पर्श र दर्शनका लागि लालायित भैरहेका छन् । त्यसैले यो सैलुनको व्यापार मालामाल छ । यहाँ कपाल काट्न धेरै दिनअघि नै नाम लेखाएर बुकिङ गर्नुपर्छ ।

पुरुष ग्राहकले टपलेस युवतीहरु हेर्ने र खुरुखुरु टाउको झुकाएर कपाल काट्न दिनुको विकल्प छैन । अरु केही प्रयत्न गरेमा सिधै निकाला गरिन्छ त्यहाँबाट ।

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments

Write Down Your Responses

Powered by Blogger.