हास्ने कुरा (तरकारी को झगडा)
#

धेरै पहिला एक पटक, ‘आलु’ र ‘बैगुन’ बीच डिस्केस  परेछ !
आलु ले बैगुन लाइ भनेछ- ‘तँ सारै ‘बैगुनी’ छस र त तलाई सप्पैले बैगुनी भन्छन,
अनि चिरेर खान्छन बुझिस’ !

बैगुन लाइ नि रिस उठेछ, उसले भनेछ, तँ खुबै गतिलो छस,
… तँलाई झन् मान्छे ले भकभकी उमालेर खान्छन, कसैले झन् नाङ्गै पारेर खान्छन,
कहिँ नभाको ‘डल्ले’ !!
आलु र बैगुन को कुरो, पर बाट सुनिरहेको थ्यो ‘गोलभेडा’ ले, रिस ले रातो भएछ ‘गोलभेडा’ !
आलु र बैगुन को झगडा ले बिचमा ‘प्याच्च’ बोलेछ ‘प्याज’- धत् ‘मुला’ फोहोरी हरु,
यत्ति जाबो कुरो मा नि झगडा गर्छस, मलाई हेर न मलाई,
मलाई मान्छे ले पहिला ‘टुप्पी’ काट्छन, अनि चिरा पार्छन,
मेरो पिडा खप्न नसकेर मान्छे आफैपनि रुन्छन, मलाई काट्दा,
तर खै म कसै संग नि झगडा गर्या छैन !
प्याज को कुरो ले ‘लसुन’ पुड्के डराउदै गएर, माटो मुनि लुकेछ भने,
‘बन्दाकोबी’ ले चै आफ्नो शरीर सप्पै पात ले ढाकेछ !!
प्याज को पिडा थियो नै यस्तै, ‘सिमि’ र ‘बोडी’ ले तुरुन्तै गएर झुन्डिएर मरेछन !!
पर बाट यो सब सुन्दै गरेको ‘स्कुस’ को, डरले जिउ भरि काँडा नै काँडा उम्रिएछ्न,
भने ‘स्कुस’ ले डरै डर मा जिब्रो टोकेछ !!
नपत्याए अहिले नि हेर्दा हुन्छ, जिउमा काँड़ा नै काँडा भएको  ‘स्कुस’ ले प्यात्त’ पारेर जिब्रो बाहिर निकाली राख्या हुन्छ |

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments

Write Down Your Responses

Powered by Blogger.