शिवले भने ‘मनपराउने सबैलाई श्रीमती बनाउन सकिँदैन’
#

गायक शिव परियार र सृजना स्थापित नाम गरेकी एक विवाहित महिलाको सम्बन्धको खबरले यतिबेला बजार गर्माएको छ । ५ बर्ष अघि नै बिहे गरेका शिवसँग सृजना स्थापितको निकटता रहेको खबर बजारमा आएपछि यसले सिंगो सांगीतिक नगरीमा नै चर्चा पाएको हो । शिव परियारले सृजनालाई बिहे गर्छु भनेको तर अन्तिम समयमा आएर सम्बन्ध जोड्न अस्विकार गरेको बताइएको छ ।शिवले अनलाइनखबरसँग कुरा गर्दै सृजनासँग आफ्नो फेसबुकमा कुराकानी हुने गरेको स्विकार गरेका छन् । तर उनले सृजनासँग बिहे गर्छु भन्दै नहिडेको बताए । उनले भने, ‘चर्चित सेलिब्रेटी भैसकेपछि युवतीहरु जीवनमा प्रवेश गर्न चाहन्छन् तर यसको मतलब यो होइन की गायकले टोल टोलमा श्रीमती बनाउदै हिड्नु पर्छ ।’

शिवले भने ‘देशभर जहाँ गएपनि युवतीहरु बिहे गर्न चाहन्छु, तपाइलाई माया गर्छु भन्दै आउँछन् । अब भनेका सबैलाई श्रीमती बनाएर घर भित्राउन सकिन्छ र ?’ उनले सृजना पनि आफ्नो क्रेजी फ्यान भएको बताउँदै भने, ‘उनले पनि त्यही गरिन् जुन अरु फ्यानले पनि गर्छन् ।’

शिवलाई सृजनाले श्रीमान् घर बाहिर गएको समयमा फोन गर्ने, मायाको कुरा गर्थिन् । ‘यो कुरा थाहा पाएपछि सुरुवातमा उनका श्रीमान् म सँग नेगेटिभ देखिएका थिए । तर पछि सबै कुरा थाहा पाएपछि श्रीमानले पनि कुरा वुझे’, शिवले अनलाइनखबरलाई भने ।

फेसबुकमा सृजनासँग केही भावानात्मक कुरा हुने गरेको परियारको भनाई छ । ‘तर यसको मतलब बिहे नै गर्नुपर्छ भन्ने होइन’, गायक शिव भन्छन् । नेपाली सुगम संगीतमा चर्चित बनेपछि आफ्नो पछि युवतीहरु क्रेजी भएर लाग्ने गरेको शिव बताउँछन् । उनले सृजनाले आफ्नो चाहना पुरा नहुने छनक देखेपछि आफूलाई बदनाम गराउन यस्तो चाल चालेको दाबी गरे ।

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments

Write Down Your Responses

Powered by Blogger.