श्रीमतीलाई थप्पड हानेकोमा ३० कोर्रा तथा काराबास
#

   भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

साउदी अरेबियाका एक पुरुषले आफ्नै श्रीमतीलाई थप्पड हानेकोमा ३० पटक कोर्रा तथा १० दिनसम्म काराबासको सजाय पाएको स्थानीय समाचारपत्र अल–सार्कले बुधबार उल्लेख गरेको छ ।
खाडी अधिराज्य साउदी अरेबियामा महिलामाथि कडा प्रतिबन्ध लाग्ने गर्छ र यस प्रकारको निर्णय बिरलै आउने गर्छन् ।
न्यायाधीशले यी पुरुषलाई कोर्रा हान्दा निजकी श्रीमतीलाई पनि उपस्थित हुन अनुमति दिएका छन् ।
करिब २० वर्षकी यी महिलाले आफूलाई पतिले एक विवादमा थप्पड हानेको गुनासो दर्ता गरेकी थिइन र यी पुरुषले पनि आफ्नी श्रीमतीले आफ्ना आमाबाबुप्रति कडा व्यवहार देखाएकाले थप्पड हानेको स्वीकार गरेका थिए ।
अति कट्टरपन्थी अधिराज्य साउदी अरेबियामा यस प्रकारको निर्णय निकै कम आउने गर्छ र यहाँ पुरुषको स्थान सँधै माथि रहने गरेको छ । यहाँ महिला परिवारको पुरुष संरक्षकप्रति आश्रित रहेको मानिन्छ ।
यहाँ महिलाले सरकारी भवन तथा अदालतमा प्रवेश गर्न पनि पुरुष नातेदार साथमा ल्याउनुपर्छ ।
साउदी महिलालाई गाडी चलाउन प्रतिबन्ध लगाइएको छ र उनीहरूले सार्वजनिक स्थलमा टाउकोदेखि खुट्टासम्म शरीर ढाक्नुपर्छ ।
साउदी अरेबियामा किङ खालिद फाउन्डेसनले मे महिनामा पहिलोपटक घरेलु हिंसाविरुद्ध विज्ञापन अभियान संचालन गरेको थियो । एएफपी

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments

Write Down Your Responses

Powered by Blogger.