नेपालमा पनि अन्तर्राष्ट्रिय रेस्लिङ

| # |
|
|
दशरथ रंगशालमा अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त २०७० भएको छ । दशरथ रंगशालाको कभर्ड हलमा सुरु भएको रेस्लिङमा अमेरिका, जापान र नेपाली खेलाडीहरुको सहभागिता लिएका थिए । उक्त भिडन्तमा मुख्य महाभिडन्त नेपालका एकमात्र अन्तर्राष्टिय रेस्लर दि भरतबहादुर विशुराल (हिमालयन टाइगर) र अमेरिकाका द ग्रेट मालाकाईको रहेको छ । त्यो टिम विरुद्ध भिडन्त जापानको जिरोवान रेस्लिङ कम्पनीबाट आउने मिस्टर वाकाताका र नाओकी उइदाबीच भिडन्त भएको थियो । महाभिडन्तमा नेपालका तर्फबाट हिक्मत थपलिया (दस्कोरपिन), भगत राई(द तातीम), महेश कोजु (मिस्टर कोजु), सन्जीब बज्र शाक्य (द बज्र) ले भाग लिएका थिए, भने रेफ्रीको भूमिकामा नेपालकै पहिलो महिला रेफ्री सुश्री सुनिता थापा र जिरो वान रेस्लिङ कम्पनीका सि.इ.ओ समेत रहेका योशी युकी नाकामुरा रहेको थियो ।

| # |
|
|
Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments
Write Down Your Responses