पुरुस भन्दा महिलाले छिटोछिटो हस्तमैथुन गर्छन (हेर्नुहोस भिडियो)
#

महिलाहरूको यौन अङ्ग विशेष गरेर अलि भित्र तिर हुने भएको हुनाले होला कतिपय महिलाहरूले पुरुषको दाँजोमा आफ्ना यौन अङ्गहरूलाई राम्ररी नियालेर हेरेका हुँदैनन्। आफ्नै अङ्गहरूका बारेमा आधारभूत जानकारी राख्नु आवश्यक कुरा हो। हस्तमैथुनको थालनी आफ्नो शरीरबारे, त्यसमा पनि विशेषगरी यौनअङ्गबारे जानकारी पाउने कार्यमा सहयोगी हुन सक्छ। विशेष गरेर किशोरावस्थामा यौन चाहना तीव्र हुँदा हस्तमैथुन यौनेच्छा  शान्त पार्ने एक राम्रो विकल्प हो।

महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्ने ठान्नेहरू पनि छन् तर महिलाहरूले पनि हस्तमैथुन गर्ने गर्छन्। किन्सेले गरेको अध्ययनमा सोधिएकामध्ये ९२ प्रतिशत पुरुषले हस्तमैथुन गरेको कुरा बताएका थिए भने ६२ प्रतिशत महिलाहरूले, तर पछि गरिएका अध्ययनमा ८२ प्रतिशत महिलाले हस्तमैथुन गरेको अनुभव भएको बताएको छन्।
महिलाले कसरी हस्तमैथुन गर्न सक्छन् ?
महिलामा प्रत्यक्ष रूपमा योनिलाई नै यौनअङ्ग ठानिन्छ। महिलाहरूमा योनिबाहेक अन्य विभिन्न अङ्गहरू पनि यौनको दृष्टिकोणले संवेदनशील हुन्छन्। जस्तै कि भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगाङ्कुर, स्तन। त्यसदेखि बाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म (छाला) लाई हामीले यौन अङ्गका रूपमा लिने नगरे पनि हामीले पाउने धेरैजसो यौन सुख यही अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं। जाँध, तिघ्राको भित्री भाग, धाँटी, काखी यौन संवेदनशील हुनसक्छन्। स्पर्शको अनुभूति विभिन्न किसिमको हुन सक्छन् जस्तै कि मर्दन, हल्का स्पर्स, सुम्सुम्याइ आदि।

पुरुषको भन्दा महिलाहरूको हस्तमैथुन गर्ने तरिकामा विविधता बढी हुन्छ। महिलाहरूले विभिन्न यौनअङ्गहरूलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने देखिएको छ। हस्तमैथुन गर्दा यौन परिकल्पना एक महत्वपूर्ण पक्ष हो। हस्तमैथुन गर्दा आफूले चाहेअनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर आनन्द झन् थपिन्छ।

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments

Write Down Your Responses

Powered by Blogger.