क्याम्पमा महिला खेलाडीको कोठामा सेक्स भईरहेको बेला रंगेहात पक्राउ (भिडियो सहित)
#

आईपीएलमा म्याच फिक्सिंग को कारण पुरै दुनियामा भारतको किरकिरी भएको बेला एक यस्तो हर्कत खुलासा भएको छ की जसको कारण खेल जगतमा नै भारतको नाक काटिएको छ। पुणेमा चलिरहेको नेशनल क्याम्पमा महिला खेलाडीको कोठामा सेक्स भईरहेको बेला रंगेहात फेला पारिएको छ।घटना पुणेको आर्मी स्पोर्ट्स इंस्टीट्यूट (एएसआई) मा चलिरहेको नेशनल क्याम्पको हो। यो घटनाबारे कुनै अधिकारी तथा खेलाडी खुलेर बोल्न चाहेका छैनन्। सेक्स काण्डमा परेका दुवै खेलाडी झारखण्डका हुन्।क्याम्पमा एक पुरुष आफ्नी महिला साथीको कोठामा सेक्स गरिरहेको अवस्थामा पक्राउ परेका थिए।

यसको पुष्टि तीरंदाजी संघका कोषाध्यक्ष वीरेन्द्र सचदेवाले गरेका हुन्। उनले यो घटनालाई लज्जास्पद भनेका छन्।दुवै खेलाडीको आपत्तिजनक स्थितिमा पाएपछि एएसआई तथा भारतीय तीरंदाजी संघले आफ्नो-आफ्नो स्तरको सजाय दिएका छन्। एएसआईले अनुशासन भंग गरेको भन्दै दुवैलाई क्याम्पबाट बाहिर निकालेको छ। तिरंदाजी संघले उनिहरुलाई राष्ट्रीय तथा अंतरराष्ट्रीय टूर्नामेन्टमा खेल्नबाट ब्याण्ड गरेको छ।दुवै खेलाडीले लिखित रुपमा नै गल्ती स्विकारेका छन्।

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments

Write Down Your Responses

Powered by Blogger.