आमा बनेकी बलात्कृत ११ बर्षीय बालिकाको दर्दनाक कथा भिडियो सहित
#

झापामा ११ बर्षीय बालिकाले बच्चा जन्माएकी छिन । ती बालिकाले बलात्कार पछि गर्भ बोकेकी थिइन् । ११ बर्षिय बालिकालाइ बलात्कार गर्ने अरु कोहि नभएर उनकै भिनाजु हुन् । नातामा भिनाजु पर्ने ४० बर्ष पुगेका सुरेन्द्र बिश्वकर्माले बलात्कार गरि गर्भ रहेको ७ महिना पछि मात्र घटनाको बारेमा परिवारलाई थाहा भएको थियो ।

केहि दिन अघि देखि एबिसी नेपालको संरक्षणमा बिराटनगरमा रहदै आएकी बालिकाले कोशी अंचल अस्पतालमा गर्भ बोकेको सात महिनामै बच्चा जन्माएकी हुन् ।मंगलबार राति व्यथा लागेपछि उनलाई उपचारको लागि कोशी अंचल अस्पताल लागिएको थियो ।
सानै उमेरमा बच्चा जन्माएकी भए पनि ती ११ वषीय किशोरीको स्वास्थ्य अबस्था भने सामान्य नै रहेको अस्पतालले जानेको छ । जन्मिएको बच्चाको भने आइसीयुमा राखेर उपचार भैरहेको अस्पताल स्रोत बताउछ । ११ बर्षमै आमा बनेकी यी बालिका कक्षा ३ मा पढ्दै थिइन् ।

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments

Write Down Your Responses

Powered by Blogger.