कुबेतमा ५ सय नेपाली पक्राउ

| # |
|
|
३१ जेठ, काठमाण्डौं । डेढ महिनायता कुवेत प्रहरीले ५ सयभन्दा बढी नेपालीलाई पक्राउ गरेको छ । अवैध आप्रवासी कामदार पक्राउ गरी डिपोर्ट (स्वदेश फर्काउने) गर्ने अभियान अन्तर्गत विभिन्न स्थानमा छापा मारिएको हो ।
पक्राउमध्ये डेढसयजतिलाई नेपाल फर्काइसकिएको छ । कुवेतमा रहेका करिब ७५ हजार नेपाली कामदारमध्ये ५ हजार अवैध रुपमा बसिरहेको शुक्रबार प्रकाशित नागरिक दैनिकमा खबर छ ।
कुवेत सरकारले डेढसयजति फर्काइसकेको, बाँकीका बारेमा थप अनुसन्धान गरिरहेको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष सुजन केसीले जानकारी दिए । अनुसन्धानबाट अबैध ठहरिएका सबैलाई फिर्ता पठाइनेछ । नेपाली दूतावासलाई भने अबैध पुष्टि गरेर डिर्पोट गर्ने सूचीमात्र पठाउने गरिएको छ ।

| # |
|
|
Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza
0 comments
Write Down Your Responses