नेपालका १९ पर्यटकीय रुट गुगल म्यापमा
#

विदेशी पर्यटक आकषिर्त गर्न ‘दि ग्रेट हिमालयन ट्रेल’ ले ५ हिमाली जिल्लाका १९ पर्यटकीय रुटको विस्तृत विवरण गुगल अर्थमा राख्न जीपीएस सर्भे थालेको छ ।

बेलायती सहयोग नियोग (डिफिड) को सहयोगमा ताप्लेजुङ, सोलुखुम्बु, गोरखा, डोल्पा र हुम्लाका १९ पदमार्गको नक्सासहित विस्तृत जानकारी गुगल अर्थमा समेटिन लागेको कान्तिपुर दैनिकमा खबर छ । ‘ताप्लेजुङको घुन्सा/पाथीभरा र सोलुखुम्बुको सल्लेरी फाप्लु रुटको जीपीएस सर्भे सकियो,’ नेपालमा ग्रेट हिमालय ट्रेल विकास कार्यक्रममा सघाइरहेका नेदरल्यान्ड सरकारको एसएनभीका प्राविधिक सल्लाहकार शंकरराज पाठकले भने, ‘डेढ महिनाभित्र पाँच जिल्लाका १९ वटै पदमार्गको विस्तृत नक्सा र जानकारी गुगलको सहायतामा एसएनभीको वेभपेजमा हुनेछ ।’

गुगल अर्थसँग सहकार्यमा एसएनभीले स्वदेश/विदेशमा रहेका पर्यटकलाई यी ५ जिल्लाका पदमार्गबारे अनलाइनबाटै नक्सासहित विस्तृत जानकारी दिन सर्भे थालेको हो ।

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments

Write Down Your Responses

Powered by Blogger.