धोका दिएको भन्दै अमेरिकी अरबपतिले दान फिर्ता मागेपछि…
#

 अमेरिकी अरबपति दम्पत्ति जेम्स र कैथरिन एमीले क्यालिफोर्नियास्थित चैपमैन युनिभर्सिटीविरुद्ध मुद्दा हालेका छन् । कयौ संस्थालाई दान दिने एमी दम्पत्तिले युतिनर्सिटीलाई १.२ करोड अमेरिकी डलर दान दिएका थिए । तर, अहिले आफूहरुलाई युनिभर्सिटीले धोका दिएको भन्दै रकम फिर्ता माग गरेका हुन् ।

साथै उनीहरुले ३० लाख डलर जरिवानासमेत माग गरेका छन्। जेम्स एमी अहिले ९८ वर्षका छन् । उनकी श्रीमती क्याथरिन ८४ वर्षकी छन् । एमीका वकिल जेम्स बोनको दावीअनुसार सन् २००९ मा दम्पत्तिले साइन्स सेन्टरका लागि युनिभर्सिटीलाई दान दिएका थिए । उनीहरुलाई आश्वासन दिइएको थियो कि एमी दम्पत्तिका नाममा सन् २०१६ सम्म साइन्स सेन्टर बनाइनेछ । उनीहरुलाई मुख्य अतिथि बनाइनेछ, मिडिया कभरेज दिइनेछ ।

तर, युनिभर्सिटीले उनीहरुलाई धोका दिएको आरोप छ । एमी दम्पत्तिका अनुसार उनीहरुलाई स्मरणशक्ति कमजोर भएको भन्दै भ्रमित पारियो । युनिभर्सितीको समारोहका क्रममाा उनीहरुलाई नजरअन्दाज गरियो । अन्य दानदातामा सबै ध्यान लगाइयो । किनभने उनीहरुले १.५ करोड डलर दिनेवाला थिए ।

चैपमैन युनिभर्सिटीले एमी दम्पत्तिको आरोप गलत र दुःखदायी भएको प्रतिक्रिया दिएको छ। युनिभर्सिटीका प्रवक्ता मेरी प्लैटले भने–एमी दम्पत्ति युनिभर्सिटीका अध्यक्ष र युनिभर्सिटी दुवैसँग निकै निकट छन् । न्युयोर्क, एजेन्सी ।

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments

Write Down Your Responses

Powered by Blogger.