भैरहवामा भूकम्पपछि जमिन मुनिबाट ग्यास निस्कियो, ज्वालामुखीको हल्लाले त्रास....!
#


भैरहवामा भूकम्पपछि जमिन मुनिबाट ग्यास निस्कियो, ज्वालामुखीको हल्लाले त्रास....!

भैरहवा, १५ वैशाख
- रुपन्देही सदरमुकाम भैरहवामा जमिन मुनिबाट अस्वाभाविक ग्यास निस्केको छ । विशेषगरी भुकम्पपछि आउने ग्यास सोमबार एउटा घरको पछाडिको जमिनबाट निस्केको प्रहरीले जनाएको छ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ स्थित अञ्चलपुरको एउटा घरको पछाडि पट्टिको जमिनबाट अस्वाभाविक ग्यास निस्केको हो । स्थानिय प्रेमध्वज मल्लको घरको पछाडि पट्टि निस्केको ग्यासले सबैलाई त्रसित बनाएको छ।
सोमबार विहानै ५ बजेदेखि निस्केको ग्यासले १ फिट गोलाकार क्षेत्र तातेको छ । स्थानिय सज्जन राणाले दिएको जानकारी अनुसार विहान ५ बजे ग्यास निस्केको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो।
अहिले सो क्षेत्रमा वडा प्रहरी कार्यालय भैरहवाबाट प्रहरी निरीक्षक मेखबहादुर कुँवरको कमाण्डमा टोली नै खटिएको छ । सोही क्षेत्रमा भेटिएका प्रहरी निरीक्षक कुँवरले भुगर्वविदले पुष्टि नगरेसम्म के हो भनेर एकिन भन्न नसकिने बताए।
ग्यास हेर्न मानिसहरु अहिले भीड नै लाग्ने गरेका छन् । प्रहरीले भीड नियन्त्रण गर्न डोरी बाधेंर राखेको छ । जमिन मुनिबाट ग्यास निस्केको बारेमा बुझ्न जाँदा सो क्षेत्रमा तातो ग्यास निस्किरहेको थियो । मानिसहरु भने ज्वालामुखी वा भूइचाँलो आउने संकेत भन्दै त्रसित भएका छन् । प्रहरी प्रशासनले भने सामन्य अवस्था भएकोले नआतिन सबैलाई आग्रह गरेको छ।
स्थलगत अध्ययनमा गएका त्रिवी भैरहवा बहुमुखी क्याम्पस भुगोल विषयका प्राध्यापक उमेशचन्द्र रिजालले जमिन तातेकाले सैफ्टी टैंकी वा जमिन भित्रको तातो पदार्थ हुन सक्ने बताएका छन्।

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments

Write Down Your Responses

Powered by Blogger.