इटहरीका श्रीनिवासले चर्चमा तोडफोड गरिन्छ भनेकै दिन झापामा चर्चमाथि हमला

| # |
|
|
काठमाडाैं - भदौ २९, । सुनसरीको इटहरी निवासी श्रीनिवास आचार्य सोमबार दिउँसो नयाँबानेश्वरको एभरेष्ट होटल अगाडि भाषण गरिरहेका थिए । संविधान बनेको एक साताभित्र देशभरिका चर्चहरुमा धावा बोल्ने उनले भाषण ठोके ।
नेपालमा ०६३ सालपछि बनेका चर्चहरु तोडफोड गरिने श्रीनिवासले खुल्लमखुल्ला चेतावनी दिए । धार्मिक सहिष्णुता र सदभावमाथि खुलेआम चुनौती दिएका आचार्यको यो अभिव्यक्ति सभ्य समाजका लागि शोभनीय नभएकाले त्यसले मिडियामा ‘कभरेज’ पाएन ।
तर, आचार्यले चर्चामाथि धावा बोलिने बताएकै रात झापाको दमक र खजुरगाछीका चर्चहरुमा बम प्रहार भयो ।
सुरुङ्गाको चर्चमा राखिएको बम पड्कँदा मंगलबार बिहान तीन प्रहरी घाइते भए । उनीहरु अस्पताल भर्ना भएका छन् ।
झापाका विभिन्न चर्चहरुमा हिन्दुवादीका नाममा कसले बम राख्यो ? यो प्रहरीको अनुसन्धानबाट खुल्दै जाला । तर, नयाँबानेश्वर चोकमा उभिएर देशभरिका चर्चहरु ध्वस्त पार्ने अभिव्यक्ति दिने आचार्यलाई प्रहरीले पक्राऊ वा सोधपुछसम्म गरेको छैन ।
फेसबुकमा साम्प्रदायिक सदभाव विरोधी अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका आङकाजी शेर्पा धरौटीमा छुटेकै दिन आचार्यले बानेश्वर चौकमा उभिएर धार्मिक सहिष्णुता खल्बल्याउने साम्प्रदायिक भाषण गरेका हुन् ।
आचार्यको गतिविधि शंकास्पद
सुनसरीको इटहरीमा अघिल्लो महिना भएको हिन्दुबादीहरुको प्रदर्शनमा भारतीय रअका अधिकारीसँग आचार्यको प्रत्यक्ष संलग्नता रहेको मोरङ र सुनसरीको प्रशासनले पत्तो लगाएको थियो । आचार्यको अगुवाइमा इटहरीमा भएको प्रदर्शनमा भारु पैसाको प्रयोग भएको, बिराटनगरको जेनियल होटलमा केही दिन बसेका रअका अधिकारी आरके सिंहसँग सम्पर्क हुने गरेको र काठमाडौंका एकजना पूर्वसैनिक अधिकारीसँग फोन सम्पर्क हुने गरेको भन्दै पूर्वाञ्चल प्रहरीले आचार्यको गतिविधिमाथि निगरानी बढाएको थियो ।

| # |
|
|
Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments
Write Down Your Responses