नेपाली नोटमा बुद्ध जन्मिएको बारे जानकारी उल्लेख गरिने

| # |
|
|
यात्रा डेली काठमाडौं,२३ भदौः नेपाल राष्ट्र बैंकले चलनचल्तीमा ल्याएको नोटमा अबदेखि भगवान् बुद्धको जन्म नेपालमा भएको जानकारी उल्लेख हुने भएको छ। राष्ट्रबैंकले यसै महिनादेखि बजारमा पठाउन लागेको एक सय रुपैयाँको नोटमा अशोक स्तम्भ र अंग्रेजी भाषामा ‘लुम्बिनी, द बर्थ प्लेस अफ बुद्ध’ भनेर लेखिएको हुनेछ। नोटमा बुद्धकी आमा मायादेवीको पनि चित्र रहेको राष्ट्रबैंकले जारी गरेको सूचनामा उल्लेख छ। आगामी वर्षदेखि अन्य दरका नोटमा पनि यस्तो जानकारी उल्लेख गरिने राष्ट्रबैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले जानकारी दिए। ‘पहिलोपटक नेपाली नोटमा बुद्धको जन्म नेपालमा भएको जानकारी गराइएको छ’, ज्ञवालीले भने, ‘आगामी वर्षदेखि अन्य नोटमा पनि यसलाई कार्यान्वयनमा लैजाने तयारी राष्ट्रबैंकको छ।’ बुद्धको जन्मबारेमा विश्वमा गलत प्रचार भएको तथा यसले भ्रम जन्माएपछि सरकारले नेपाली नोटमा बुद्धको जन्म नेपालमा भएको जानकारी दिने निर्णय गत वर्ष गरेको थियो। भारतीय सञ्चारमाध्यममा बुद्धको जन्म भारतमा भएको समाचार आउने गरेको छ।

| # |
|
|
Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments
Write Down Your Responses