भारतले असन्तोष जनायो नेपालको नयाँ संविधानलाई ! तराईमा जारी आन्दोलनतर्फ बढी चासो !

| # |
|
|
काठमाडौं । नेपालमा नयाँ संविधान घोषणा भए लगतै छिमेकी मुलुक भारतले वक्तव्य जारी गर्यो तर भारतले संविधान घोषणाको स्वागत गर्न सकेन ।
संविधान जारी घोषणा भएको केहीबेरममै भारतीय विदेश मन्त्रालयले वक्तव्य जारी गरेको थियो । उसको वक्तव्यमा ‘नेपालमा संविधान जारी भएको थाहा भएको’ उल्लेख छ ।
वक्तव्यमा नयाँ संविधानको स्वागत र समर्थनमा कुनै शब्द खर्च नगरी तराईमा जारी आन्दोलनतर्फ बढी चासो व्यक्त गरिएको छ ।
नयाँ संविधान घोषणा भएको विषयमा असन्तोष व्यक्त गरिएको वक्तव्यमा भनिएको छ- ‘भारतसित सीमा जोडिएका कतिपय क्षेत्रको जारी हिंसाप्रति हामी चिन्तित छौं । सबै असन्तुष्टिहरुलाई हिंसारहित वातावरणमा संवादको माध्यमबाट हल गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउन आग्रह गर्छौं । हाम्रा राजदूतले नेपालका प्रधानमन्त्रीसित यस सन्दर्भमा कुरा गरिसक्नुभएको छ ।’
भारतले संविधान निर्माणको प्रक्रियामा नेपाललाई सँधै सहयोग गर्दै आएको भन्दै नयाँ संविधानले प्रगति एकता र समृद्धिको आधारशीला खडा गर्ने आशा पनि व्यक्त गरिएको छ ।

| # |
|
|
Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments
Write Down Your Responses