साउदीमा नेपाली युवतीको जीवनरक्षाको पहल

| # |
|
|
दोहा (कतार), चैत्र २६ - घरेलु कामका लागि साउदी अरब पुगेकी एक नेपाली युवतीले आफ्नै घर माल्किनीको दुई वर्षे बच्चाको हत्या गरेको स्वीकारेपछि उनलाई मृत्युदण्डको सजायबाट जोगाउन नेपाली दूतावासले कूटनीतिक पहल थालेको छ । यसका लागि दूतावासले स्थानीय गभर्नरबाट वार्ता थालेको छ । तनहुँकी परियार थरकी ती युवतीले पाँच महिनाअघि बच्चाको हत्या गरेको स्वीकार गरेकी छिन् ।
उच्च शिक्षा अध्ययन गरेकी ती युवतीले नियमित घर मालिक्नीबाट हुने गरेको यातना सहन नसकेर रिसको झोकमा बच्चाको हत्या गरेको बयान दिएकी छिन् । 'मलाई नियमित यातना दिने गर्थी,' ती युवतीको भनाइ गर्दै राजदूतले भने, 'एक बिहान घरमालिक्नी पिटेर बाहिर गएकी थिई । त्यही झोकमा अगाडि देखेको बच्चालाई मारिदिएकी हुँ ।'
'यो अहिलेसम्म निकै गम्भीर मुद्दा हो । ती युवतीले लिखित र मौखिक रूपमा प्रहरीदेखि अदालतसम्म हत्याको जिम्मेवारी लिइसकेको अवस्था छ,' साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डेले भने, 'अब तिनको जीवन कसरी जोगाउने भन्नेमा निकै चिन्तित छौं ।' साउदीमा हत्या अभियोगलाई स्वीकार गर्नासाथ अदालतले मृत्युदण्ड दिने गर्छ । दूतावासका अनुसार अब अदालतबाट फैसला आउन मात्रै बाँकी छ । दूतावासले अदालतबाट आउनसक्ने सम्भावित फैसलालाई मध्यनजर गरी कूटनीतिक पहल थालेको हो । 'फैसला हुनेबित्तिकै कूटनीतिक रूपमा जोगाउन गाह्रो हुन्छ भनेर स्थानीय गभर्नरसँग वार्ता सुरु भइसकेको छ,' राजदूत पाण्डेले भने, 'गभर्नरले फैसला चाँडो नगरौंला भनेर आश्वासन दिएको छ ।'
साउदी राजधानी रियादबाट १ हजार ८ सय किमि टाढा अरर भन्ने ठाउँमा घटना भएको हो । राजदूत पाण्डेले माफी दिन वा क्षतिपूर्ति लिएर माफी दिन पीडित परिवारसँग उच्चस्तरबाट सम्पर्कको प्रयास भइरहेको जनाए । साउदीमा अदालतले मृत्युदण्ड दिए पनि पीडित पक्षले माफी दिए पीडकलाई माफी हुने गरेको छ । 'परिवारले माफी नदिने हो भने अरू कुनै उपाय छैन,' उनले भने, 'त्यसका लागि परिवारलाई बुझाउन गभर्नर, प्रहरीका अधिकृत हँुदै मन्त्रीसम्मलाई वार्ता गर्न अनुरोध भइरहेको छ ।' प्ााण्डेका अनुसार परिवार क्षतिपूर्ति लिन तयार भए कोष स्थापना गर्ने योजना छ । साउदीमा ज्यान मुद्दाको अभियोगमा आधा दर्जन जति नेपाली जेलमा छन् ।

Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments
Write Down Your Responses