ब्लडमनि तिरेपछि मृत्युदण्ड जोगियो

| # |
|
|
दोहा (कतार), चैत्र ३० - साउदी अरबमा हत्या अभियोगमा मुद्दा खेपिरहेका दुई नेपालीको ज्यान जोगिएको छ । तीमध्ये एक जना स्वदेश फिरिसकेका छन् भने अर्कालाई फर्काउन अदालतले आदेश दिइसकेको छ ।
साउदीस्थित नेपाली दूतावासका अनुसार फिलिपिनी नागरिकको हत्या अभियोगमा ज्यान मुद्दा खेपिरहेका सिन्धुलीका रूपलाल बोहरा स्वदेश फिर्न सफल भएका छन् । आफन्तै हत्याको अभियोग लागेका झापाका विवेक दाहाललाई 'डिपोर्ट' गर्न अदालतले आदेश दिइसकेको छ ।
यस्तै, पाकिस्तानी नागरिक हत्या अभियोगमा मृत्युदण्ड सजाय सुनाइएका धनुषाका उमेश यादवको मुद्दालाई पुनः अनुसन्धान गर्न अदालतले आदेश दिएको नेपाली दूतावासले जनाएको छ । 'यादवको मुद्दालाई पुनः आदेश दिएको छ,' पाण्डेले भने, 'अब केही वर्ष यादवको जीवनरक्षा हुनेमा ढुक्क भएका छौं ।' पाकिस्तानी दूतावासले दुई पक्षबीच छलफल जारी रहेको पत्र दिएकाले अदालतले पुनः अनुसन्धान गर्न आदेश दिएको पाण्डेले बताए ।

'फिलिपिनी नागरिकका परिवारले बोहराको तर्फबाट दिइएको ५० हजार रियाल स्वीकार गरेकाले रूपलालको ज्यान जोगिएको हो,' साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डेले भने, 'उनी झन्डै चार वर्ष जेल बसेर स्वदेश फर्के ।'
आफ्ना सुपरभाइजरले सधैं हेप्ने, कुटपिट गरेर काममा लगाउने भएकाले आवेशमा आउँदा फिलिपिनो मारिन पुगेको बोहराले बताएका छन् । राजदूत पाण्डेले ब्लडमनि ५० हजार रियाल पनि सहजरूपमा जुटेको बताए ।
त्यस्तै आआफ्नै आफन्तको हत्या अभियोग लागेका दाहाल र पीडित परिवारबीच स्वदेशमै मिलापत्र भएको हो । 'नेपालमा दुई परिवार मिलेको पत्र हामीलाई प्राप्त भयो । त्यो पत्र अदालतमा बुझाएपछि छोड्न दिएको आदेशको पत्र दूतावासमा प्राप्त भएको छ,' पाण्डेले भने, 'उनी आजभोलि नै जाने तयारीमा छन् ।'

Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments
Write Down Your Responses