जनकपुरमा गोली चल्दा एक घाइते

| # |
|
|
३ बैशाख, जनकपुर । जानकी मेडिकल कलेजका संचालक अशोक सिन्हाको जनकपुर नगरपालिका ४ स्थित निवासमा मंगलबार गोली चलेको छ । गोली गाली सिन्हाका विश्वास पात्र मानिने उपेन्द्र ओझा सख्त घाइते भएका छन् ।
घाईते ओझालाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ । महोतरीको इटहर्बा गाविस घर भएका ओझाको छातिमा गोली लागेको धनुषाका प्रहरी उपरीक्षक वसन्त कुमार पन्तले बताएका छन् ।
मोटरसाइकलमा आएका दुई जनाका समुहले ओझामाथि सिन्हा घरको गेटमा गोली हानेका थिए । गोली के कारणले हानिएको खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

| # |
|
|
Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments
Write Down Your Responses