सर्लाहीको जंगलमा रात्रि बस लुटियो
#


वैशाख २, सर्लाही, - पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डमा पर्ने रानीगंजमा आइतबार राति यात्रु बस लुटिएको छ ।

नारायणघाटवाट काकडभिट्टा जाँदै गरेको ना ३ ख ८०८६ नम्बरको रात्री बसमा यात्रु बनेर चढेका दुईजनाले हतियार देखाई लुटपाट गरेका हुन् ।  लुटेराले हतियारको आडमा बसलाई नियन्त्रणमा लिई सड्क भन्दा झण्डै तीन किलोमिटर उत्तर चुरे डाँडातर्फ लगि सबै यात्रुबाट १५ लाख भन्दा बढीको धनमाल लुटिएको छ ।

लुटेराले ५ लाख ६० हजार नगद, ११ तोला सुन, २५ थान मोवाइल र चाँदी लुटेका थिए । प्रहरी निरीक्षक यज्ञ भट्टराईले लुटेराको खोजी जारी रहेको वताए ।

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments

Write Down Your Responses

Powered by Blogger.