एसिड आक्रमणकारी विकले जेलबाटै दिए सिमा र संगीतालाई मार्ने धम्की -
#

गत फागुन दश गते काठमाडौँको  वसन्तपुरमा ट्युसन सेन्टरमा घटेको एसिड आक्रमणका पिडित युवतीहरुले आफ्ना सबै सपनाहरु चक्नाचुर भएको बताएका छन् । संचारकर्मी शुभक महतोसँग कुराकानी गर्दै उनीहरुले आफ्ना सबै सपनाहरु तेजाबले भष्म पारेको भन्दै अब राजनीति र समाजसेवा गरेर बाँकी दिन बिताउने बताएका छन् ।
३७ दिनको उपचारपछि घाइते मध्येकी एक सिमा घर फर्किसकेकी छिन् भने संगीता अझै पनि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेकी छिन्। बिहीबार जिल्ला अदालत काठमाडौंले तेजाब आक्रमणका आरोपी जीवन बिकलाई पुर्पक्षका लागि जेल चलान गरेपछि उनीहरुको मनमा एउटा प्रश्न खडा भएको छ ।
जीवन विक केही वर्ष पछि जेलबाट छुट्छ र आएर फेरी दुख दिन्छ की भन्ने । जेल चलान गर्नु पूर्व अदालतमा सिमालाई देखेर पहिले हाई गरेका जिवनले पछि नमस्कार गरेछन् । तर रिसले आगो भएकी सिमाले किन मलाई एसिड हानेको भनेपछि उनले माफी मागे पनि जेलबाट छुटेपछि नछोड्ने बताएको सिमाले उल्लेख गरिन ।
उनले भनिन् ‘मलाई भेट्ने बितिकै जीवन बिकले हाई गरे। मलाई धेरै रिस उठिरहेको थियो। तैपनि मैले केही भनिनँ। त्यसपछि फेरि नमस्ते गर्‍यो। अनि मैले तपाईँले मलाई किन एसिड प्रहार गरेको भनेर सोध्दा, त्यसले तिमीलाई होइन अर्कैलाई थियो भन्यो। फेरि एकै छिनमा त्यसले मलाई धम्की दियो। उसले सबैको सामुन्ने काठमाडौं जिल्ला अदालत परिसरमै मलाई ज्यान मार्ने धम्की दियो। जेलबाट निस्किने बितिकै तिमीलाई के के गर्छु, मार्छु नि मार्छु। मलाई कसैको पनि डर लाग्दैन भन्यो।’
त्यस्तै एसिड आक्रमणबाट गम्भिर घाइते भएकी संगीता मगरलाई पनि त्यही पिरले सताइरहन्छ । नभन्दै बिहीबार जीवन बिकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत ल्याउँदा उसले आफ्ना आमा बुवालाई गाली गर्दै मार्ने धम्की दिएको बताइन् । जीवनले जेलबाट बाहिर आएपछि आफ्नो परिवारका सबै जनालाई मार्ने धम्की दिएको उनले दुखेको गरिन् । संगीता र सिमाले जीवनलाई फाँसीको सजाय माग गरेका छन् ।

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments

Write Down Your Responses

Powered by Blogger.