नेताले साथीकी छोरी बलात्कार गरी गर्भवती बनाए

| # |
|
|
नेपालसन्देश डटकममा खबर छ ।एक भारतीय नेताले साथीकी छोरीलाई बरगर खुवाउने बहानामा आफूसँग लगेर बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
भारतको पञ्जापका कृष्ण लाल नामका ती स्थानीय नेताले एक महिलाको सहयोगमा साथीकी छोरीमाथि बलात्कार गरेका हुन् ।
बलात्कारपछि उनले धम्की दिएर छाड्नुका साथै केही समय डर देखाएर बलात्कार गरेका थिए । गर्भवती भएपछि ति बालिकाले परिवारलाई सबै कुरा बताएपछि घटना सार्वजनिक भएको हो ।
उनीविरुद्ध बालिकाले प्रहरीमा उजुरी गरेकी छन् । आरोपीको कार प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार फरवरीमा उनका बाबु गाउँ गएको सयममा एक्लै भएको मौका छोपेर एक महिलासहित घर आएर बरगर खुवाउने बहानामा उनलाई बाहिर लिएर गएका थिए ।
सोही समयमा उनले बालिकामाथि बलात्कार गरेको भन्दै उजुरी परेको जमालपुर प्रहरीका प्रमुख हरदीप सिंहलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।- एजेन्सी

| # |
|
|
Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza
0 comments
Write Down Your Responses