कांग्रेसको बैठकमै कोइराला पक्षले देउवा पक्षलाई थप्पड हान्यो, नेताहरुको भागाभाग -

| # |
|
|
काठमाडौं, ७ असार । कांग्रेस जिल्ला कार्यसमिति बैठकमा आइतबार राति कुटाकुट भएको छ ।
क्रियाशील सदस्यताको विषयमा पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीच विवाद भएपछि कांग्रेस पर्साका नेताहरुबीच बैठकस्थलमै कुटाकुट भएको हो ।
क्रियाशील सदस्यता विवाद सुल्झाउन बसेको बैठकमा केन्द्रीय सदस्य अजय चौरसिया र जिल्ला सभापति एवम् सभासद सुरेन्द्र चौधरीबीच कुटाकुट भएको पर्सा कांग्रेसले जनाएको छ । चौरसिया देउवा पक्षका नेता हुन भने, चौधरी कोइराला पक्षका नेता हुन् ।
विवाद मिलाउन केन्द्रबाट जिल्ला पुगेका केन्द्रीय नेताबीच कुटाकुट भएपछि पर्यवेक्षकका रुपमा खटिएका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले बैठक स्थगित गरेका थिए ।
केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरका अनुसार बैठकमा क्षेत्र नम्बर ४ का सभापति श्रीकृष्ण चौहान र जिल्ला सदस्य नवीन सिंहबीच भनाभन भइरहेका बेला केन्द्रीय सदस्य चौरसियाले क्षेत्रीय सभापति चौहानलाई अपशब्द प्रयोग गरी गालि दिएपछि सभापति चौधरीले प्रतिवाद गर्न थप्पड हानेका थिए ।
केन्द्रीय सदस्य चौरसियाले आफ्नो कठालो समातेपछि चौरसियाको गालामा थप्पड हानेको पार्टी सभापति चौधरीले बताए ।
बैठकमै नेताहरुबीच कुटाकुट हुन थालेपछि बैठकमा सहभागी अन्य गाउँस्तरीय नेताहरुको भागाभाग भएको थियो । यसअघि कञ्चनपुरमा पनि देउवा र कोइराला पक्षका कांग्रेसका नेताहरुबीच हात हालाहाल भएको थियो । जसमा केही नेता कार्यकर्ता सामान्य घाइते भएका थिए ।

| # |
|
|
Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments
Write Down Your Responses