पोखरामा बढ्दो यौन व्यवसाय, यौनकर्मीहरू नै यसरी बढेपछि...
#

पोखरामा पर्यटकीय नगरीमा खुलेका केही मसाज र रेष्टुराँहरुमा यौन व्यवसाय फस्टाएको छ । भुकम्प पछि यौन व्यवसाय फस्टाएको लेकसाइडका एक रेष्टुराँ ब्यवसायीले न्यूज अभियान डट कमलाई बताए । पर्दा लगाएका क्याबिन रेष्टुरेण्टमा युवती नै राखेर सञ्चालकहरु यौन व्यवसायमा चलाइरहेको उनले बताए ।
कोठा भाडामा लिएर मोवाइलबाट ग्राहक बोलाएर यौन व्यवसाय गदै आएकी हैटौडाकी सोनाम (नाम परिवर्तन)ले यही व्यवसायबाट आम्दानी भएको बताईन् । उनले बाहिरबाट आउने ग्राहकलाई सम्पर्क गरेर यौनधन्दा गर्दै आएकी छिन् ।


रोजगारी पाईदैन अरु के गर्ने छ, हाकाहाकी उनले भनिन्, जीवन जीउनु पर्ने बाध्यताले यो पेशा रोजें । अरु तीन जना युवतीहरुसँग मिलेर उनले व्यवसाय गर्दै आएकी छिन् ।

यहाँका ४१० रेष्टुरामा २२ हजार महिला कामदार रहेका छन् । आधा भन्दा बढी महिलाहरुले यौन व्यवसाय अंगालेका एचआईभी तथा यौन व्यवसाय महिलाको बारेमा अध्ययन गरेका सिसिएम का केन्द्रि सदस्य दिलिप दोषीले बताए । प्रहरी निगरानी कम हुदाँ यौन व्यवसाय फस्टाएको हो ।

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments

Write Down Your Responses

Powered by Blogger.