बुद्ध बारे भ्रमको खेती गर्दै नरेन्द्र मोदी ( ट्विट सहित)

| # |
|
|
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी झुटको खेती गर्न व्यस्त देखिएका छन् । सार्क सम्मेलनका क्रममा नेपाल आउँदा बुद्ध नेपालमा जन्मिएको बताएका उनले शनिबार ट्विट गर्दै आफ्ने भनाईको खिल्लि उडाएका छन् । ‘ महात्मा गान्धि र गौतम बुद्दको यो धर्तीले हामीलाई जे दिएको छ त्यसको रिण चुक्ता गर्ने यो जस्तो सुवर्ण अवसर केही हुन सक्दैन । हामी भिख मागिरहेका छैनौं, हामी हाम्रो अधिकार मागिरहेका छौं ,’ उनले ट्विट गरेका छन् ।
गान्धी भारतमै जन्मिएका भएपनि गौतम बुद्धको भूमि नेपाल हो । तर, किन मोदीले यो जान्दाजान्दै भारतलाई गान्धीसँग जोडेर बुद्धको भूमि भएको आशय लाग्ने रुपमा ट्विट गरे ? यसको पछाडी भारतलाई बुद्ध भूमिका रुपमा चिनाउने उनको कुत्सित चाहना लुकेको आशंका गरिएको छ ।
हुन त केही दिन अघि भारतकै एक टेलिभिजन च्यानलले भारत सफाई अभियान सगरमाथाुसम्म पुग्ने भन्दै समाचार सम्प्रेषण गरेर सगरमाथा पनि भारतको झैं प्रस्तुत गरेको थियो । सफाई अभियान सगरमाथासम्म पुग्ने र भारतीय सेनाको टोलीलाई सगरमाथा आरोहणको अनुमति भारत सरकारले दिएको समाचार भारतीय सञ्चारमाध्यमले सम्प्रेषण गरेका थिए ।
भारतको विस्तारवादी सोच र नरेन्द्र मोदीको उपनिवेशवादी मानसिकताको उपज आएका यस्ता ट्विट र भ्रामक समाचारले मोदीकाे लोकप्रियता क्षय हुँदै जाने र भारतप्रति नेपाली जनताको दृष्टिकोण थप नकारात्मक बन्दै गएको छ ।

| # |
|
|
Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments
Write Down Your Responses