भारतले नाकाबन्दि गरे खोज्नुपर्छ बिकल्प

| # |
|
|
भारतले भनेजस्तोगरि संविधान बनेन । नेपालको नयाँ संविधानमा आफ्नो हात माथि परेन । आफ्नो भूमिका देखिएन भनेर भारतले फेरि नेपालमाथि नाकाबन्दि लगाउन सक्ने संकेत देखिएको छ । उसले नेपालका नेता, नेपाली जनता र पार्टीहरुलाई फेरि दबाउन खोजेको प्रस्ट भएको छ । संविधान जस्तो बनोस् यो नेपाली जनताको अधिकार हो । त्यसको बिरोध र समर्थन गर्ने अधिकारपनि नेपालीसितै सुरक्षित छ । भारतले यसमा दबाब दिने तहमा ओर्लिनुपर्दैन । भारतको यो मामिलापनि होइन । तर आफ्ना छिमेकीहरुलाई सधैं सताउँदै आएको भारतले नेपालको संविधानमापनि चित्त नबुझेर नाकाबन्दि गर्ने संकेत देखाएको छ । भारतले नाकाबन्दि गरिहाल्यो भने नेपालले के गर्ला ? हाम्रा नेताहरुले कसरि थेग्लान् ? कुन बिकल्प निकाल्लान ? अहिले धेरैको मनमा यो प्रश्न उब्जिएको छ ।
भारतले नेपाललाइ जहिले गाह्रो हुन्छ त्यहि बेला पेल्ने र सताउने गर्दै आएको हो । उसले नेपाललाई मात्रै होइन, कुनैपनि छिमेकीलाइ खुशि बनाउन सकेको छैन । नेपाललाई उसले यस अघिपनि राजिव गान्धी प्रधानमन्त्री भएका बेला नाकाबन्दि गरेर सताएको थियो । त्यतिबेला राजतन्त्र बिरुद्द भन्दै भारतले बहुदलबादी नेपाली नेताहरुलाई उचालेको थियो । त्यो बेलाका प्रधानमन्त्री मरिचमान सिंले हेलिकोप्टरबाट मट्टीतेल ओसारेरपनि टार्न खोजेका थिए । तर सकेनन् ।
भाररतले फेरि नाकाबन्दि गर्यो भने नेपालीहरु राष्ट्रियताका विषयमा एक हुनुपर्छ । हाम्रा राजनितिक दलहरु मिल्न सक्नुपर्छु । भारतसित आफ्नो राष्ट्रिय हितमा एक भएर प्रस्तुत हुने । आफ्नो राष्ट्रिय हितका बिरुद्द छिमेकीले चासो दिने होइन, हामी दिँदैनौं भनेर दह्रोसित उभिन सक्नुपर्छ ।
भारतले नेपाललाइ जहिले गाह्रो हुन्छ त्यहि बेला पेल्ने र सताउने गर्दै आएको हो । हामी धेरै भारतमुखी भएकालेपनि यस्तो भएको हो । यसको बिकल्प नसोचे उसले सधैं यसैगरि सधैंको लागि सताइरहने छ । नेपालसित नाका जोडिएको चिनपनि हो । चिन नेपालका बारेमा प्राय असल छिमेकी देखिँदै आएको छ । तर जति सहज छ भारतसित उति चिनबाट नेपाललाई चाहिने सामाग्रि ल्याउन सजिलो छैन । तर असंभपनि त छैन । चिनसित सिमा जोडिएका नेपालका सिमाहरुलाइ सक्रिय बनाउनु र चिनसित ब्यापार बढाएरपनि टार्न सकिन्छ । नाकाबन्दि सहेरै भएपनि नेपालीले आफ्नै देशमा अन्य बिकल्पहरु खोज्नुपर्छ अब । बरु नेपालीहरु साईकल चढ्न तयार हुनुपर्छ । दाउराकै उज्यालोमा बाँच्ने हिम्मत गर्नै पर्छ । तर सधैं हेपिएर, चेपिएर, दबाईएर बस्नुहुन्न । भारतबाट हामीले उसको दस्तुर तिरेर ल्याउने हो । भूपरिवेष्ठित देशले पाउनुपर्ने पारवहन सुबिधापनि भारत दिएको छैन । नेपालीहरु सिमामा हेपिएका छन् । हाम्रा सिमा मिचेको छ भारतले । उसले नेपालको हरेक मामिलामा हस्तक्षेपकारी भूमिका खेल्दै आएको छ ।
सुगौली सन्धि गर्दा नेपालको आधा भन्द अबढि भूभाग निलेर बहरतले नेपालमाथि अत्याचार त गरेकै छ । नेपालीको मन दुखाएकै छ । त्यसपछिपनि नेपालका सानातिना आन्तरिक मामिलामा समेत हस्तक्षेप गरेर उसले सताउँदै आएको छ । जबस्म्म नेपाल आन्तरिक रुपमा बलियो हुन्न, हामी नेपालीहरुले आफ्नै देशमा भारतबाट ल्याउने सामानहरुको उत्पादन गरेर आफ्नो खुट्टामा उभिन सक्दैनौं तबसम्म भारतले हामीलाई सधैं दबाइराख्ने छ । हाम्रा नेता, हाम्रा पार्टी र हामी नेपालीहरु आफ्नो देशको मामिलामा एक भएर नलागेसम्म हामी सधैं भारतको गुलाम बनिरहनुपर्छ । भारतले सधैं दबाइरहन्छ । सताइरहन्छ । पेलिरहन्छ । अपहेलना गरिरहन्छ । हामीले भारतको मुख ताक्नुभन्दा बरु केहि वर्ष एक पुस्ताले कठिनता सहने, कठिन काम गर्ने र आफू निर्भर बन्ने कोसिस नगरि देश बन्दैन । आफ्नो देशलाई आत्मनिर्भर बनाउन सकियो भने बल्ल छिमेकीको दबाब सहनु पर्दैन । अहिलेको पुस्ता आसे बनिरहे, केहि नगरे हाम्रा पछिल्ला पुस्तालेपनि यसैगरि भारतको दादागिरी र अपहेलना सहनुपर्छ । देश कहिल्यै माथि उठ्दैन । कहिल्यै शिर उठाएर बाँच्न पाइन्न । यो हरेक नेपालीले बुझ्नुपर्छ ।
भारतको नाकाबन्दि वा अपहेलना बिरुद्द लड्न आन्तरिक रुपमापनि हामी बलियो बन्नुपर्छ । आन्तरिकरुपमा बलियो बन्न आफ्नो देशभित्र अन्याय, अत्याचार हुनुहुन्न । जातिय, क्षेत्रिय, भाषिक, सांस्क्रितिक उत्पिडन, जनताका जायज मागहरु संवोधन गर्नुपर्छ । जब जनताका जायज मागहरु संवोधन हुन्छन् तब देश आन्तरिकरुपमा बलियो हुन्छ । आन्तरिकरुपमा राष्ट्र बलियो भयो भने छिमेकीले हेप्न, दबाउन र अवहेलना गर्न सक्दैन । बिदेशीको अपहेलना बिरुद्द एक भएर लाग्नपनि आन्तरिक रुपमा हामी बलियो हुनैपर्छ । त्यसकालागि अहिलेको संविधानलाई संशोधन गरेरैपनि बिभिन्न जाति, समूदाय र पार्टीले उठाएका जायज मागहरु संवोधन गर्नुपर्छ् । आन्तरिक रुपमा हामी सबै नेपाली बलियो बनेर भारतको दादागिरिबिरुद्द एकजूट हुनै पर्छ ।

| # |
|
|
Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza
0 comments
Write Down Your Responses